सबै दललाई सरकारमा आउन प्रधानमन्त्री आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दललाई सरकारमा सहभागी हुन् आग्रह गरेका छन् । उनले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । राष्ट्रका नाममा शुक्रबार सम्बोधन गर्दै उनले आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई अस्वीकार नगर्न आग्रह गरे ।

सरकारले जेनतेन ५ वर्ष पूरा गर्दा र प्रतिनिधिसभाले  ५ वर्ष पूरा गर्दा मात्रै राजनीतिक स्थिरता नहुने बताउँदै ओलीले प्रतिनिधिसभा पूर्ण अवधि चलोस् भन्नेमा आफूले कुनै कसर बाँकी नराखेको बताए ।





  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार १६:५१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया