जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गरौँ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गर्न सबैलाई आह्वान गरेका छन् । 

गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भट्टराईले जनताको बलिदानी संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिलाई रक्षा गर्नुपर्ने बताए । 

अहिले गणतन्त्र विरोधी बयलगाडेहरूको हातमा देशको नेतृत्व पुगेकाले जनतामा गणतन्त्रप्रति नै अनास्था जगाउने काम भइरहेको डा. भट्टराईले आरोप लगाए । 

भट्टराईले गणतन्त्रप्रति अनास्था जगाउने विरोधीहरुलाई पराजित गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गर्नका लागि आह्वान गरेका छन् । 

 





  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार १०:२२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया