बजेट भाषण गर्न मन्त्रालय पुगे अर्थमन्त्री पौडेल
क्कञ

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेल मन्त्रालय पुगेका छन्। राष्ट्रपतिले अध्यादेशमार्फत बजेट स्वीकृत गरेपछि भाषणका लागि पौडेल मन्त्रालय पुगेका हुन्। 

यो वर्ष संसद विघटन भइसकेकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याउँदैछ। सरकारले यो वर्ष अनुमानित १६ खर्बको बजेट ल्याउने बताइएको छ। तर यो बजेटमा नयाँ कार्यक्रम हुने छैनन्।

कोरोना नियन्त्रणमा केन्द्रित हुने बजेटमा कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता बढ्ने अनुमान गरिएको छ। 





  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार १६:८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया