चीनलाई विश्व फुटबलमा शक्तिशाली बनाउने राष्ट्रपति सि जिनपिङको सपना

चीनका राष्ट्रिपति सि जिङ पिङ विश्वकै शक्तिशाली व्यक्तिको सूचीमा पर्छन् । उनको नेतृत्वमा चीनले आफ्नो आर्थिक र राजनीतिक हैसियत बढाएको तथ्य विश्व सामु लुकेको छैन ।

सि जिङ पिङले राजनीति बाहेक एक फरक सपना पनि देखेका छन् र त्यो विश्व फुटबलमा चीनलाई शक्तिशाली बनाउने ।

सि जिङ आफैं पनि फुटबलका ठूला समर्थक हुन् । उनी आफ्नो देशले विश्वकप आयोजना गरेको हेर्न चाहन्छन् अनि उनी नेतृत्वको चिनियाँ सरकारले एक महत्वाकांक्षी लक्ष्य राखेको छ सन् २०५० अघि नै चीनलाई फुटबलको विश्व विजेता बनाउने । चीनले यो लक्ष्य सार्वजनिक गरेको ५ वर्ष भइसकेको छ ।

विश्वकप जित्ने महत्त्वाकांक्षी लक्ष्यसहित अघि बढिरहेको चीन सरकारले त्यही अनुरूपको तयारी पनि गरिरहेको छ । यसैबीच चीनले हालै एक सहरमा कम्तीमा २ व्यावसायिक क्लब र तालिम केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । त्यसका लागि आवश्यक पूर्वाधार निमार्ण गर्ने तयारी गरेको छ ।

विश्व फुटबलको शक्ति बन्ने प्रयासमा रहेको चीनले विदेशीहरूको अनुभवको पनि अध्ययन गर्ने र घरेलु फुटबलको नियमन र सुधारका लागि थप कदम चाल्ने बताएको छ । 

चिनियाँ खेलकुदको नियामक निकायले प्रत्येक १० हजार नागरिकका लागि १ फुटबल मैदान निमार्ण गर्ने योजना रहेको बताएको छ । 



चिनियाँ फुटबलको पहिलो श्रेणीको प्रतियोगिता चाइना सुपर लिग (सिएसएल) हो । यसको सुरुवात २००४ मा भएको थियो ।

पछिल्ला केही वर्ष यता सिएसएल क्लबले विश्व फुटबलमा नाम चलेका खेलाडीलाई मोटो रकम खर्चिएर अनुबन्ध गरिरहेका छन् तर लिगको स्तरमा भने केही सुधार आउन सकेको छैन ।



सिएसएलभन्दा जापानी र कोरियन लिगलाई उत्कृष्ट लिग मानिन्छ त्यसैले चीनले सिएसएललाई सन् २०३० सम्ममा एसियाका उतकृष्ट लिगहरूको सूचीमा उभ्याउने लक्ष्य राखेको छ ।

लक्ष्य र लगानीका बाबजुत पनि चिनियाँ फुटबलले अपेक्षा गरे अनुरूपको प्रतिफल दिन सकेको छैन । चीनले मात्र १ पटक सन् २००२ को विश्वकप खेलेको छ । ऊ अहिले फिफा वरीयताको ७७ औँ स्थानमा छ जुन सन्तोषजनक छैन ।

चिनियाँ लिग पनि समस्या रहित छैन । गत वर्षको सिएसएल विजेता जियाङसु एफसी बन्द भएको छ भने धेरै दोस्रो र तेस्रो श्रेणीका क्लबको पनि लाइसेन्स रद्द भएको छ । कतिपय विदेशी खेलाडीले चिनियाँ क्लबबाट तलब नपाएको गुनासो गरेका छन् ।

यस सन्दर्भमा चिनियाँ फुटबल पछ्याइरहेका क्यामरुन विल्सनको भनाइ अर्थपूर्ण हुन्छ । उनले भनेका थिए, ‘चिनियाँ लक्ष्य र नीति कागजी रूपमा बलिया छन् तर तिनले तल्लोस्तरमा रहेका समस्यालाई समाधान गर्दैनन् । चीनले फुटबलमा साँच्चै प्रगति चाहेको हो भने स्थानीय स्तरका समस्या पहिचान गर्ने र तिनको समाधानतर्फ लाग्नुपर्छ । चीन र विश्व फुटबलमा बलिया मानिएकाहरूको स्थानीय स्तरबीच फुटबलमा ठूलो अन्तर छ ।’

(यो सामग्री रोयटर्सबाट साभार गरिएको हो ।)

  • प्रकाशित मिति : जेठ १६, २०७८ आइतबार १६:५०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया