नेपाली कांग्रेसले कोरोनाविरुद्धको खोप माग्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उत्पादक राष्ट्रहरूसँग गरेको पत्राचारलाई अर्को गफ भनेको छ। कांग्रेस संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्रीले खोप ल्याउँछु भनेको एक वर्ष गफमै बिताएको आरोप लगाए।
'बहिर्गमन हुन लाग्दा पनि सरकारको अहंकार अझै हटेको छैन, अझै पनि चेतेको छैन', रिजालले भने, 'प्रधानमन्त्रीले एक वर्षअघि तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाउने भनेको सुनेका हौँ। तर पहिलो डोज लगाएको चार महिना बित्दा पनि २ लाख ६० हजारले मात्रै दोस्रो डोज खोप लगाउन पाएका छन्।'
उनले कोरोना खोप सबै नेपालीलाई लगाउन नसकिने टिप्पणी सरकारकै मन्त्रीहरुले गरिरहेको बताए। 'सरकारकै मन्त्री र अधिकारीहरु बिनाकुनै संकोच खोप लगाउन सकिँदैन भन्दैछन्', उनले भने, 'जतासुकै पत्र पठाउँदैमा खोप मिल्छ भन्नु सरकारको अर्को गफ मात्रै हो।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।