लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन : तीन जनप्रतिनिधिले गरेनन् मतदान

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा तीन जना जनप्रतिनिधिले मतदान गरेका छैनन् । आज सम्पन्न मतदानमा २९७ जनाले मतदान गरेका छन् ।

प्रदेशसभा सदस्य ७९ सबैले मतदान गरेका छन् भने स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये २१७ मध्ये तीनजनाले मतदान गरेका छैनन् । जसमा नेपालगन्ज उपमहानगरपालिका प्रमुख धवल शमशेर राणा, नैरनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहम शाह र गुल्मीको दरबार गाउँपालिकाका प्रमुख अशोक कुमार थापाले मतदान नगरेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो ।





  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार १५:४१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया