प्रदेश २ सरकारले जेठ २४ गते बजेट अधिवेशन आह्वान गर्ने तयारीमा

प्रदेश २ सरकारले प्रदेश सभाको चालु पाँचौं अधिवेशन अन्त्य गर्दै बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेको छ । सरकारले जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा चालु हिउँदे अधिवेशन अन्त्य गर्दै जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

गत चैत ३० गतेदेखि प्रदेशको पाँचौं अधिवेशन सुरु भएको थियो । चैत ३० र वैशाख १० गते गरी पाँचौं अधिवेशनको दुईवटा बैठक मात्र बसेको थियो । तेस्रो बैठक वैशाख १४ गतेका लागि आह्वान गरिए पनि प्रदेश सभा सचिवालयमा कार्यरत केही कर्मचारी र केही प्रदेश सभा सदस्यलाई कोरोना संक्रमण देखिएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

असार १५ सम्ममा नीति तथा कार्यक्रमसँगै आर्थिक वर्ष ०७८/७९ को बजेट ल्याउने तयारी भइरहेको मन्त्री यादवले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार १५:५२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया