कोरोना खोपबारे बाबुरामको व्यंग्य : खुरापातमा मस्त ओलीले राष्ट्रपतिलाई भीख माग्न लगाए
भीम रावलले पनि गरेका थिए आलोचना

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप माग्दै उत्पादक राष्ट्र प्रमुखलाई पठाएको पत्रप्रति कटाक्ष गरेका छन्। 

एमालेबाट निष्कासित नेता डा. भीम रावलकै शैलीमा डा. भट्टराईले पनि राष्ट्रपतिको कदमको विरोध गरेका हुन्। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली खुरापतमा मस्त रहेको भन्दै कटाक्ष गरेका छन्।

उनले मंगोलियाको उदाहरण दिँदै चीन र रुस दुवैबाट लिएर उसले सबै नागरिकलाई खोप लगाइसकेको दाबी गरेका छन्। तर भारत र चीन दुवै देशमा खोप उत्पादन हुँदा पनि नेपालले केही गर्न नसकेको उनको आरोप छ।

'कोरोनाविरुद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो', उनले भनेका छन्, 'हामी जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुइरोको काग जस्तो?'

उनले प्रधानमन्त्री ओलीको नाम नलिइ सरकार प्रमुख खुरापातमा मस्त रहेको आरोप लगाएका छन्। 'सरकार खुराफातमा मस्त हुने अनि सेरेमोनियल राष्ट्रपतिलाई चाहिँ  भीख माग्न लगाउने? खै लाजशरम?', भट्टराईले व्यंग्ययुक्त शब्दसहित भनेका छन्। 



यसअघि एमालेबाट निष्कासित नेता रावलले पनि राष्ट्रपतिले खोप माग्दै उत्पादक राष्ट्र प्रमुखहरुलाई पत्र पठाएर संविधानको ठाडो उलंघन गरेको भन्दै आलोचना गरेका थिए। 



  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार २२:१६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया