दुई न्यायाधीशले भने : नेकपा खारेजी र संसद विघटनको मुद्दाबीच कुनै सम्बन्ध छैन

संसद विघटनविरुद्धको मुद्दामा बादीतर्फका वकिलहरूले आफूहरुमाथि प्रश्न उठाएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफ्नो राय दिएका छन्।

न्यायाधीशद्वयले फागुन २३ मा भएको तत्कालीन नेकपा एकता बदरसम्बन्धी फैसला र त्यसको पुनरावलोकनसम्बन्धी मुद्दा छिनोफानो गर्न बस्दैमा संवैधानिक इजलासमा बस्न नमिल्ने वकिलहरूको तर्कलाई अस्वीकार गरिदिएका छन्।

दुवैजनाले आज संवैधानिक इजलासमा पेश गरेको उक्त रायमा नेकपाका अध्यक्ष ऋषि कट्टेलसमेत बादी भएको मुद्दाको विषय नाममा रहेकाले उक्त विषय निरुपण भइसकेको अवस्थामा प्रतिनिधिसभा विघटनसँग त्यसलाई जोडेर गरिने व्याख्यामा सहमत हुन नसकिने तर्क उनीहरुले गरेका छन्।

दुवैजनाले संवैधानिक इजलासमा आफूहरु बस्न नमिल्ने गरी गरिएको तर्कसँग असहमत हुँदै छाड्न नमिल्ने बताएपछि अन्य न्यायाधीशद्वय दीपक कार्की र आनन्दमोहन भट्टराईले संवैधानिक इजलास छाडेका छन्। उनीहरुले यसअघि नै श्रेष्ठ र केसीले संवैधानिक इजलास छाड्नुपर्ने राय राखेका थिए।

 





  • प्रकाशित मिति : जेठ १८, २०७८ मंगलबार १४:४९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया