नेपाल कम्युनिष्ट पार्टी (एमाले) विवेकशील साझा पार्टीका नेता उज्ज्वलविक्रम थापाको निधनमा शोक व्यक्त गरेको छ ।
थापाको निधनपछि मंगलबार शोक विज्ञप्ति जारी गर्दै एमालेले थापा नेपाली राजनीतिक क्षितिजमा नयाँ आशा र नयाँ दृष्टिकोणसहित उदाउँदै गरेका एक राजनीतिक, सामाजिक व्यक्तित्व भएको बताएको छ ।
‘विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्वलबहादुर थापाको ४४ वर्षकै उमेरमा असामयिक निधनको खबरले नेकपा (एमाले) स्तब्ध भएको छ,’ एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तपाईंको राजनीतिक दर्शन नेपाली युवाहरूलाई प्रेरणाको श्रोत बनिरहोस् । तपाईंको अभाव नेपाली राजनीतिक क्षेत्रले लामो समय महसुस गर्नेछ ।’
थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एमालेले एक असल राजनीतिक मित्र गुमाउनुपरेको बताएको छ । एमालेले थापाका सम्पूर्ण परिवारजन र उनीसम्बद्ध पार्टीप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।