logo-img

एक असल मान्छे र प्रिय मित्रको निधनले अत्यन्त मर्माहत छु : गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गरेका छन् । 

थापा एक असल मान्छे र आफ्नो प्रिय मित्र भएको भन्दै गगनले थापाको निधनले अत्यन्त मर्माहत भएको बताएका छन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नेपाली राजनीति र समाजलाई रूपान्तरण गर्न मनैदेखि लागिरहेको एउटा अथक अभियन्ताको अभाव सधैँ खड्किरहनेछ।उहाँको आत्माको चीर शान्तिको कामना !

गगनले थापाको परिवारजनमा समवेदना प्रकट गरेका छन् । 







  • प्रकाशित मिति : जेठ १८, २०७८ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया