दैनिक एक करोडलाई कोरोनाविरुद्धको खोप दिने भारतको तयारी

भारतले अब दैनिक एक करोड नागरिकलाई कोरोनाविरुद्धको भ्याक्सिन दिने तयारी गरेको छ। जुलाई या अगस्टदेखि दैनिक एक करोड नागरिकलाई भ्याक्सिन दिने गरी केन्द्र सरकारले योजना बनाएको हो। 

भारतीय स्वास्थ्य मन्त्रालयले जुलाई या अगस्तको शुरुवातसम्म प्रतिदिन एक करोड मानिसलाई कोभिशिल्ड र कोभ्याक्सिन खोप दिने गरी स्वास्थ्य सामाग्री अहिलेबाटै देशभरका राज्यहरुमा वितरण अभियान सुरु गरिसकेको छ।

केन्द्र सरकारले मंगलवार नै एकै व्यक्तिलाई अलग अलग कम्पनीको भ्याक्सिन दिने नियम अहिलेसम्म नबनेको पनि जानकारी दिएको छ। कोभिशिल्ड या कोभ्याक्सिनको दुवै डोज लगाउने समयमा पनि परिवर्तन नगरिएको केन्द्र सरकारले जनाएको छ।

कोरोना संक्रमण घट्दै गएको अवस्थामा जिल्ला जिल्लामा निषेधाज्ञालाई लचिलो बनाउने योजना पनि ल्याएको छ। जस अनुसार एक हप्तासम्म संक्रमण दर ५ प्रतिशतभन्दा कम भएका जिल्लामा लकडाउन खुकुलो बनाइने छ। 

भारतले जम्मा जनसंख्याको ७० प्रतिशतलाई खोप हान्ने रणनीति बनाएको छ। तर कोभिड-१९ सँग जोगिइरहन सामुदायिकस्तरमा जागरूकता आवश्यकतामा पनि केन्द्र सरकारले जोड दिएको छ।

सरकारले पछिल्लो एक सातामा ३४४ जिल्लामा संक्रमण दर पाँच प्रतिशतभन्दा कम रहेको जनाएको छ। साथै देशभर कोरोना भाइरस लागेर उपचाररत बिरामीको संख्यामा पनि कमी आएको सरकारको दाबी छ। सात मे मा कोभिड-१० उच्च बिन्दुमा पुगेपछि करिब ६९ प्रतिशत कमी आइसकेको छ। 





  • प्रकाशित मिति : जेठ १८, २०७८ मंगलबार २०:१२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया