कांग्रेसका प्रदेशसभा सदस्यको आरोप : एमाले कार्यकर्ता ओलीका दास बन्दैछन्

लुम्बिनी प्रदेशस्थित नेपाली कांग्रेसका सांसद शंकर गिरीले नेकपा एमालेका कार्यकर्तालाई दासको संज्ञा दिएका छन्।  लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकलाई बुधबार बुटवलमा सम्बोधन गर्दै उनले एमाले कार्यकर्तामाथि यस्तो आरोप लगाएका हुन्।

उनले लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेललाई पनि सबै कुरा केपी ओलीको चस्माबाट नहेर्न आग्रह गरेका छन्। 'हरेक कुरालाई केपी ओलीको चस्माबाट मुख्यमन्त्रीले हेर्नुहुन्छ। झापामा कुनै घटना भयो मुख्यमन्त्री बोल्नुहुन्छ। देशका अन्य ठाउँमा केही हुँदा पनि उहाँ नै पहिले बोल्नुहुन्छ', उनले भने, 'मानौँ ओली सरकारका प्रवक्ता नै मुख्यमन्त्री हुन्।'

उनले एमाले कार्यकर्तालाई समर्थक बन्न आग्रह गरे। 'एमालेका कार्यकर्ताहरु ओलीका दास नबन्नुस्। कार्यकर्ता बन्नुस्, समर्थक बन्नु तर दास नबन्नुस्', उनले भने, 'आज एमाले कार्यकर्ता ओलीका दास बन्दैछन्।' 





  • प्रकाशित मिति : जेठ १९, २०७८ बुधबार १४:५४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया