सत्तारुढ नेकपा एमालेको स्थायी समिति बैठक बिहीबारका लागि सरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो ४ बजे बस्ने भनिए पनि बिहीबारका लागि सरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
पार्टीभित्रको विवाद र पछिल्लो राजनीतिक परिवेशको विषयमा छलफल गर्नका लागि बैठक बस्न लागेको हो । बैठक मंगलबार पनि बसेको थियो ।
बैठकमा पार्टी एकताको पक्षमा छलफल हुने बताइएको छ । वरिष्ठ नेता माधव कुमार नेपाल तथा झलनाथ खनालसहित भीम रावललगायतका नेताहरूमाथि कारबाही भएपछि एकताको प्रयास असफल भएको थियो ।
तर, खनाल-नेपाल समूहका दोस्रो पुस्ताका नेताहरु अझै पनि पार्टी एकताको पक्षमा रहेको भन्दै संस्थापन समूहले ती नेताहरुसँग वार्ता तथा छलफलहरु गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।