काठमाडौंको निषेधाज्ञामा केही हेरफेर  : उपत्यका छिर्न कडाइ, खाद्यान्‍न पसल खुल्ने (पूर्ण पाठ)
निर्माण सामाग्री बोक्ने साधन राति चल्न पाउने

काठमाडौं उपत्यकाको निषेधाज्ञाको तौरतरिकामा केही परिवर्तन गरिएको छ। गत जेठ १४ गतेदेखि एक हप्ता खाद्यान्न पसल सञ्चालनमा लगाइएको रोक भोलिदेखि हट्नेछ । अब खाद्यान्न पसल सञ्चालन गर्न पाइने भएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउँदै खाद्यान्नका पसल बिहान ९ बजेसम्म सञ्चालन गर्न दिने निर्णय लिएका हुन्।

यो निर्णयपछि किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खुल्नेछन्। तर तीन प्रजिअको बैठकले देशका अन्य भागबाट काठमाडौं छिर्न भने  कडाइ गर्ने निर्णय लिएको छ।

प्रशासनले अत्यावश्यक सामान ढुवानीका साधन, बिरामी तथा कुरुवा (२ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी प्रवेशमा रोक लगाएको छ।

त्यस्तै अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा लगायतका कार्यालयहरूको सेवा प्रवाह हाललाई स्थगन गर्ने निर्णय भएको छ । 

यस्तै राति ९ बजेदेखि बिहान ४ बजेसम्म निर्माण सामाग्री बोकेका गाडी पनि उपत्यका छिर्न पाउने भएका छन्। आर्थिक वर्षको अन्त्य हुनै लाग्दा सरकारले विकास निर्माणका गतिविधि अघि बढाउन यस्तो निर्णय लिएको हो। 





  • प्रकाशित मिति : जेठ १९, २०७८ बुधबार १६:६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया