आयरल्यान्ड विरुद्ध नेदरल्यान्डको रोमाञ्चक जित

आयरल्याण्ड विरुद्धको पहिलो एकदिवसीय खेलमा नेदरल्याण्डले रोमाञ्चक जित हात पारेको छ । हिजो भएको खेलमा नेदरल्याण्डले १ रनको जित हात पारेको हो । 

आइसिसी पुरुष विश्वकप सुपर लिग क्रिकेट अन्तर्गतको आफ्नो पहिलो एकदिवसीय क्रिकेटमा नेदरल्यान्डले आयरल्यान्डलाई १ रनको झिनो अन्तरले पराजित गरेको हो ।

खेलमा पहिले ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो । 

नेदरल्यान्डका टिम भान डेरले ४९ रन जोड्दा लोगान भान विकले २९ रन बनाए । शफिक जुल्फिकर र म्याक्स ओडोले २३/२३ रन बनाए ।

नेदरल्यान्डका लागि बास डी लिडले २१ तथा स्टेफेनले २० रन जोडे । यता आयरल्यान्डका जोस लिटल र क्रेग योङले ३÷३ विकेट लिए ।

१ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको आयरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन मात्र बनाउन सक्यो ।



आयरल्यान्डका पाउल स्ट्रर्लिङले ६९ रनको अर्धशतकीय इनिङ्ग खेले । यस्तै सिमि सिंहले ४५ रन बनाए ।

नेदरल्यान्डका पिटर सिलारले ३ तथा लोगान भान बिकले २ विकेट लिए । दुई टिमबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।



 

  • प्रकाशित मिति : जेठ २०, २०७८ बिहीबार ७:१८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया