घनश्याम र सुरेन्द्रको स्पष्टीकरण : बालुवाटारका साथीहरुले अलिक बढी प्रचार गरेछन्
जेठ २ मा फर्किन सम्भव रहेको स्पष्टीकरण

अहिले एमालेको माधव कुमार नेपाल पक्षधर केन्द्रीय कमिटी सदस्यहरुको बैठक बसिरहेको छ। केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा सहभागीहरुले पार्टी एकताका लागि अनन्तसम्म अलमलिन नहुने धारणा राखेका छन्।

'हामीले पार्टी एकताका लागि अन्तिम प्रयास गर्नुपर्छ। पार्टीलाई २०७५ जेठ २ मा फर्काउने हाम्रो अडान छोड्नुहुँदैन', केन्द्रीय सदस्यहरुको धारणा उद्धृत गर्दै एक नेताले भने, 'प्रधानमन्त्री ओली वार्ताका लागि इमान्दार छैनन्। यदि एकता सम्भव छैन भने अब नयाँ पार्टी गठन गरेर अघि बढ्नुपर्छ।'

भर्चुअल बैठकमा नेपाल पक्षीय नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले प्रधानमन्त्री  एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षसँग भएका भएका अनौपचारिक वार्ताबारे जानकारी गराएका थिए।

'हामीले पार्टी एकताका लागि इमान्दार प्रयास गरेका छौँ। २०७५ जेठ २ मा फर्किन सम्भव छ तर अलि मिहिनेत गर्नुपर्छ,' भुसाल र पाण्डेको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'अनौपचारिक रुपमा भएको छलफललाई बालुवाटारका साथीहरुले अलिक बढी प्रचार गर्नुभएछ। यसलाई दाउपेचको रुपमा लिनुहुन्न भन्ने हाम्रो भनाइ हो।'





  • प्रकाशित मिति : जेठ २०, २०७८ बिहीबार १५:४७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया