आयोगलाई उपेन्द्रको पत्र : महन्थसहित चार नेतालाई जसपाबाट निकालिसक्यौँ

जनता समाजवादी पार्टीका एकजना अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगलाई जवाफ पठाएका छन्। यसअघि ठाकुरसहितलाई निष्कासन गरिएको पत्र कानुनी रुपमा त्रुटीपूर्ण रहेको र ढाँचा नमिलेको भन्दै आयोगले राजनीतिक दलसम्बन्धी नियमावली अनुसार पत्र पठाउन गरेको आग्रह अनुसार यादवले जवाफ फर्काएका हुन्। 

यादवले प्रथम अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो तथा नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरिएको जानकारीसहितको पत्र आयोगलाई बिहीबार पठाएका हुन् ।

यादवको पक्षमा कार्यकारिणी समितिमा बहुमत रहेको दाबी छ। तर उनले यसअघि २९ जनाको मात्रै हस्ताक्षर बटुलेको बताइएको थियो।

 जेठ १७ गते आयोगलाई पत्र पठाउँदै अध्यक्ष यादवले महन्थसहित वरिष्ठ नेता महतो, कर्ण र शुक्ललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको बताएका थिए।

त्यसको जवाफमा ठाकुरले पनि यादवलाई जसपाबाट निकालिएको काउन्टर पत्र आयोगलाई पठाएका थिए। दुई अध्यक्षको कारबाहीको डण्डा चलाउने प्रतिस्पर्धाले जसपा भने कानुनी रुपमा नै विभाजनतर्फ गएको छ। 





  • प्रकाशित मिति : जेठ २०, २०७८ बिहीबार २०:३७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया