पाकिस्तान सुपर लिग, पिएसएल टि–२० क्रिकेटको रोकिएका खेलहरु आगामी जुन ९ देखि पुनः सुचारु हुने भएका छन् ।
कोरोना भाइरसका कारण स्थगित भएको पिएसएल क्रिकेटका बाँकी खेल जुन ९ देखि युएईमा हुने तय भएको हो ।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले बिहीबार पिएसएल क्रिकेटको बाँकी खेलहरु जुन ९ देखि युएईमा हुने जनाएको छ ।
पुनः सुचारु हुने लिगको पहिलो खेलमा लाहोर कलन्दर्स र इस्लामावाद युनाइटेडबीच खेल हुनेछ ।
फ्रेन्चाइज टिमले बाँकी रहेका खेलहरु युएईमा आयोजना गर्न आग्रह गरेपछि पिसिबीले युएईसँग पिएसएलका बाँकी खेल आयोजना गर्नका लागि प्रस्ताव गरेको हो ।
युएईको आबुधाबीमा आयोजना हुने पिएसएल क्रिकेटको फाइनल खेल जुन २४ मा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।