बाबुराम भट्टराईको व्यङ्ग्य : गोरु दुहेर केही हुन्न है !

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गोरु दुहेर केही नहुने भन्दै नेकपा एमालेमा भइरहेको एकता प्रयासलाई व्यङ्ग्य गरेका छन् । 

डा. भट्टराईले अहिले सत्तारुढ एमालेमा युवा नेताहरुमा रहेको एकता चाहनामाथि व्यङ्ग्य गर्दै गोरु दुहेर केही नहुने बताएका हुन् । उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट इतर पक्षले केही नपाउने भन्दै व्यङ्ग्य गरे । 

प्रधानमन्त्री ओली अहिले गलत बाटो हिँडिरहेको भन्दै डा. भट्टराईले उनीबाट आशा गर्नु बेकार भएको टिप्पणी गरेका हुन् । उनले बेठीकका विरूद्ध विद्रोह गर्नु मानव अस्तित्वको सार भएको बताए । 

तर, ओलीविरुद्ध विद्रोह गर्नुपर्ने अवस्थामा एमालेमा अहिले एकताको प्रयास भइरहेकोमा उनले प्रश्न उठाएका छन् । उनको प्रश्न छ, 'अहिले प्रतिगमनको मूली बनेका ओलीविरुद्ध विद्रोह गर्न हाम्रा युवा नेताहरू किन आनाकानी गरिरहेछन् ?'





  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार ७:२२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया