प्रदेश सांसदको कारको ठक्करबाट पैदल यात्रीको मृत्यु
सांकेतिक तस्बिर

विराटनगरमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

ठक्कर दिने कार प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीले प्रयोग गर्दै आएकी थिइन् ।

बिहीबार राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट मोड रोडमा कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनको कोसी अस्पतालमा मृत्यु भएको हो ।

कारको ठक्करबाट मोरङको कटहरी गाँउपालिका–२ का २७ वर्षीया राजकुमार राजवंशी घाइते छन् ।

प्रहरी स्रोतका अनुसार सांसद कार्कीले प्रयोग गर्दै आएको सो गाडी उनका छोरा रोविन कार्कीले चलाएका थिए । तर, घटना लगत्तै उनी फरार भएको प्रहरी स्रोतको दाबी छ ।



दुर्घटनामा परेको कार क्षतिग्रस्त छ । दुर्घटनापछि फरार चालकको खोजी सुरु गरेको प्रहरीले बताएको छ ।



  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार ८:०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया