प्रधानन्यायाधीश जबराले बोलाए फुल कोर्ट बैठक

सर्वोच्च अदालतको पूर्ण बैठक आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज फुल कोर्ट बैठक बोलाएका हुन् । 

सर्वोच्चले संवैधानिक इजलास र बन्दी प्रत्यक्षीकरण बाहेकका सेवामा रोक लगाएको र ’भर्चुअल’ रूपमा बहस सुन्ने व्यवस्थासँगै अरु सेवा बिस्तार गर्ने विषयमा थप छलफल गर्न जबराले बैठक बोलाएका हुन् ।

यसअघि सर्वोच्च अदालतले संवैधानिक इजलास र बन्दी प्रत्यक्षीकरण बाहेकका सेवामा जेठ २१ गतेसम्म अर्थात् आजसम्म रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णयलाई निरन्तरता दिने वा नयाँ आदेश गर्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

यसबीचमा प्रतिनिधिसभा विघटनपछि सर्वोच्चमा त्यसविरुद्ध रिटहरु परेका छन् । १४६ जना सांसदसहित विपक्षी गठबन्धनले आफूले सरकार बनाउन पाउनुपर्ने मागसहित संसद विघटन खारेज गर्न माग गर्दै अदालतमा रिट हालेको छ ।

उक्त मुद्दाहरूमाथि सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासमा रहेका न्यायाधीशहरुमाथि प्रश्न उठेपछि अहिले सुनुवाइ रोकिएको छ । प्रधानन्यायाधीश जबराले २३ जेठमा अर्को संवैधानिक इजलास गठन गर्ने बताएका छन् । 





  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार ८:२२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया