सहज भनिएको निषेधाज्ञामा के गर्न पाइन्छ ? के पाइँदैन ?

काठमाडौं उपत्यकामा कोरोना नियन्त्रणका लागि जारी गरिएको पछिल्लो निषेधाज्ञा आजदेखि लागु भएको छ । पछिल्लो साता निकै कडा पारिएको निषेधाज्ञा आजदेखि केही सहज बनाइएको छ । 

काठमाडौं उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका लागि जारी गरिएको नयाँ निषेधाज्ञामा यसअघि रोक लगाइएको खाद्यान्न पसलहरु विहान ९ बजेसम्मका लागि खुलाउने निर्णय भएको छ । 

यसअघि जेठ १४ गतेदेखि खाद्यान्‍न पसलसमेत बन्द गरिएकोमा आजदेखि अत्यावश्यक खाद्य सामग्रीका पसल बिहान ९ बजेसम्म खुला गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । 

आजदेखि अत्यावश्यक ढुवानीका साधन राति ९ बजेदेखि बिहान ११ बजेसम्म चल्ने भएका छन् । थपिएको निषेधाज्ञामा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक वस्तु वा सेवा खरिदको काममा बाहेक कसैलाई घर बाहिर ननिस्कन पनि भनिएको छ । 

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बुधबार बसेको बैठकले आजदेखि उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेका थिए । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।





  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार ८:५८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया