जसपा विवाद : उपेन्द्रले पठाए निर्वाचन आयोगलाई जवाफ

एकता प्रक्रिया पूरा नहुँदै फुटको औपचारिक बिन्दुमा पुगेको जनता समाजवादी पार्टीको उपेन्द्र-बाबुराम समूहले निर्वाचन आयोगलाई जवाफी पत्र पठाएको छ । 

जसपाको उपेन्द्र यादव समूहले महन्थ-राजेन्द्र पक्षका ४ नेतालाई कारबाही गर्दा प्रक्रिया नपुगेको भन्दै आयोगले जवाफ मागेपछि थप प्रक्रिया पूरा गरेर यादव समूहले आयोगलाई जवाफ पठाएको हो । 

अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको भन्दै पठाएको पत्रमा आयोगले ढाँचा र प्रक्रिया नपुगेको भन्दै प्रक्रिया पूरा गर्न भनेको थियो । 

उपेन्द्र-बाबुराम समूहले आयोगले मागेको सबै जानकारी राजनीतिक दल सम्बन्धी ऐनमा रहेको अनुसूची अनुसार फाइल गरेर पठाएको छ । 

उपेन्द्र-बाबुराम समूहले बहुमत कार्यकारी सदस्यको हस्ताक्षरमा जेठ १७ गते पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार जनालाई पार्टीबाट निष्काशन गरेको थियो ।

आयोगले जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरलाई पनि पत्र पठाएको थियो । आयोगले ठाकुर पक्षलाई भने बैठकको माइन्युट सहितका डकुमेन्ट पठाउन भनेको थियो ।



ठाकुर पक्षले आयोगलाई पत्र पठाउन अझै केही दिन लाग्ने जनाएको छ । जसपामा ५१ जना कार्यकारी सदस्य रहेका छन् । 



  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार १०:५६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया