के रोनाल्डो युरो इतिहासकै सर्वोकृष्ट खेलाडी हुन् ?

विश्व फुटबलका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले जुन १५ मा हंगेरी विरुद्धको खेलबाट यो वर्षको युरो कप सुरुवात गर्ने छ ।
हंगेरीविरुद्ध १ गोल गरेमा रोनाल्डो युरो कपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्ने छन् । 

३६ वर्षीय रोनाल्डाेको कप्तानीमा पोर्चुगलले सन् २०१६ मा युरो कपको उपाधि जितेको थियो । जुन उनी युरोप इतिहासकै सर्वोकृष्ट खेलाडी हुन् भन्ने एक बलियो आधार हो ।

युरोकपका सर्वाधिक गोलकर्ता

युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडीमा फ्रान्सका मिचेल प्लाटिनी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो समान ९-९ गोलका साथ अगाडि छन् ।

प्लाटिनीले सन् १९८४ को एक मात्र युरो कपका ५ खेलमा ९ गोल गर्दा रोनाल्डोले ४ युरो कपमा २१ खेल लगाएका छन् ।

रोनाल्डोले सन् २००४ मा २, २००८ मा १, २०१२ र २०१६ को युरोमा समान ३-३ गोल गरेका छन् । उनी लगातार दुई युरोमा ३ गोल गर्ने एक्ला खेलाडी हुन् ।



रोनाल्डोले गरेका सबै गोल डिबक्स भित्रबाट भएका छन् र त्यसमा ५ हेडर गोल सामेल छ । यो पनि एउटा कीर्तिमान नै हो ।

प्लाटिनी र रोनाल्डोलाई फ्रान्सका एन्टोनी ग्रिजमनले पछ्याइ रहेका छन् । उनले सन् २०१६ को युरोमा ६ गोल गरेका थिए ।



रोनाल्डो युरो कप छनोटमा पनि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले युरो छनोटमा ३१ गोल गर्दै आयरल्यान्डका रोबी केनको २३ गोलको कीर्तिमान तोडेका हुन् ।

सफलता

आखिर रोनाल्डोले पोर्चुगललाई आधिकारिक अन्तर्राष्ट्रिय उपाधि दिलाउन सफल भए । उनले यस मामिलामा आफ्ना पुराना र सबैभन्दा ठूला प्रतिद्वन्द्वी अर्जेन्टिनाका लियोनल मेसीलाई पछि पारे ।

दुर्भाग्यबस सन् २०१६ युरो कप फ्रान्स विरुद्धको फाइलमा रोनाल्डोले चोटका कारण २५ मिनेटमै मैदान छाड्नु पर्‍यो तर अतिरिक्त समयमा इडरले गरेको एक मात्र गोल पोर्चुगललाई विजेता बनाउन पर्याप्त बन्यो ।

रोनाल्डो २ युरोकप फाइनल खेल्ने ४४ औँ खेलाडी हुन् । अहिलेसम्म कसैले पनि ३ युरो फाइनल खेलको छैन ।

रोनाल्डो र जर्मनका बस्टिन सन्सस्ट्राइगरले मात्र समान ३-३ सेमिफाइनल खेलेका छन् ।

पोर्चुगलले यसपटक पनि उपाधि जितेमा रोनाल्डोले पश्चिम जर्मनका रेनियर बोनहोफ (१९७२ र १९८०) र स्पेनका १२ खेलाडी (सन् २००८ र २०१२) सँग बराबरी गर्ने छन् । उनीहरूले २ युरो जितेका छन् ।

पोर्चुगल फाइनल पुगेमा रोनाल्डो ३ युरो फाइनल र ४ सेमिफाइनल खेल्ने एक्ला खेलाडी बन्ने छन् ।

पोर्चुगलले १ खेल जितेमा रोनाल्डो स्पेनका सेस फेर्बिगास र आन्द्रे इनियस्टालाई पछि पर्दै युरो कपमा सर्वाधिक खेल जित्ने खेलाडी बन्ने छन् । हाल तिनै खेलाडीले ११ खेल जितेका छन् ।

हंगरीविरुद्ध मैदानमा उत्रिँदा रोनाल्डो पाँच युरो कप खेल्ने पहिलो खेलाडी बन्ने छन् ।

  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार १६:३१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया