logo-img

महेश बस्नेतलाई गृहमन्त्री बनाउने प्रस्तावले एमालेमा विवाद

भक्तपुरका नेता महेश बस्नेतलाई गृहमन्त्री बनाउने प्रस्तावले एमालेभित्र विवाद भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेता बस्नेतलाई रामबहादुर थापा बादलको स्थानमा गृहमन्त्री बनाउन चाहेपछि विवाद भएको हो। 

निवर्तमान गृहमन्त्री बादलले मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर प्रधानमन्त्रीलाई भेटेर नै आपत्ति जनाइसकेका छन्। बादलको ठाउँमा महेशलाई लैजाने प्रधानमन्त्रीको चाहनामा राष्ट्रपति विद्यादेवी भण्डारी पनि बाधक बनेको स्रोतको दाबी छ। 

तत्कालीन संघीय समाजवादी फोरमका सांसद सुरेन्द्र यादवसहितलाई अपहरण गरेको आरोपले एक वर्षदेखि विवादमा परेका बस्नेतलाई त्यहीकारण राष्ट्रपतिले पनि गृहमन्त्रीका रुपमा नरुचाएकी हुन्। 

स्रोतका अनुसार प्रधानमन्त्रीले बस्नेतलाई मिलेको भए आजै गृहमन्त्रीका रुपमा नियुक्त गर्ने तयारी गरेका थिए।  तर एमाले भित्रैको विवाद र राष्ट्रपतिको समेत अनिच्छाले महेशको गृहमन्त्री बन्ने योजनामा धक्का लागेको छ। 



राष्ट्रपतिले महेशको नाम गृहमन्त्रीका रुपमा आएमा सपथसम्म गराउन आफू तयार नहुने जनाउ प्रधानमन्त्रीलाई दिएकी छन्। एमाले भित्रैका केही नेताहरुले पनि बस्नेतलाई गृहमन्त्री दिँदा ठीक नहुने सुझाव प्रधानमन्त्रीलाई दिएको स्रोतले दाबी गरेको छ। 

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरे पनि गृह र रक्षासहित महत्वपूर्ण सातवटा मन्त्रालय आफैँसँग राखेका छन्। माधव नेपाल पक्षका केही नेताहरुसँग वार्ता जारी रहेको तथा माओवादीबाट आएका नेताहरुको मुद्दा पनि सर्वोच्चले टुंग्याउन सक्ने सम्भावनाबीच ओलीले सातवटा मन्त्रालय आफैँसँग राखेका हुन्। 





  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया