दोस्रो एकदिवसीयमा आयरल्यान्ड विजयी

नेदरल्यान्ड विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्यान्ड विजयी भएको छ । नेदरल्यान्डमा जारी ३ खेलको श्रृङ्खला अन्तर्गत दोस्रो खेलमा आयरल्यान्ड विजयी भएको हो । 

आइसिसी पुरुष विश्वकप सुपर लिग क्रिकेट अन्तर्गतको दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्यान्डले नेदरल्यान्डलाई ८ विकेटले पराजित गरेको छ । शुक्रबार भएको खेलमा नेदरल्यान्डले दिएको १५८ रनको लक्ष्य आयरल्यान्डले ४३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

आयरल्यान्डका लागि कप्तान एन्डी बल्ब्रिनीले अविजित रहदै ६३ रनको अर्धशतकीय इनिङ्ग खेले । यस्तै पाउल स्ट्रर्लिङले ५२ रनको अर्धशतकीय इनिङ्ग खेल्दा ह्यारी टेक्टरले अविजित ३० रन जोडे ।

नेदरल्यान्डका पिटर सिलार र लोगन भान विकले १÷१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्डले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो ।

नेदरल्यान्डका लागि म्याक्स ओडोडले ३६ रन बनाए । बास डी लिड र स्कट इडवार्डले समान २३÷२३ रन बनाए । भान विकले अविजित २२ रन बनाए । आयरल्यान्डका क्रेग योङ र जोस लिटलले ४÷४ विकेट लिए ।

जितसँगै आयरल्यान्डले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । यसअघि पहिलो खेलमा नेदरल्यान्डले आयरल्यान्डलाई १ रनले हराएको थियो ।



दुई टिमबीच तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।



 

  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार ६:५४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया