आइसिसी टि–२० विश्वकप भारतमा नहुने, युएई र ओमनमा हुने सम्भावना

अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म भारतमा हुने तय भएको आइसिसी टि–२० पुरुष विश्वकप भारतमा नहुने भएको छ ।

कोरोना महामारीका कारण विश्वकप भारतमा आयोजना गर्न सम्भवना न्यून बनेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आयोजनाका लागि ओमन क्रिकेट बोर्डसँग छलफल सुरु गरेका छन् ।

विश्वकप युएईका तीन सहर अबुधाबी, सारजहा, दुबईका साथै चौथो सहरका रुपमा ओमनको मस्कटमा गर्ने तयारीमा बिसिसीआई र आइसिसी जुटेका हुन् ।

बिसिसीआईले विश्वकप आयोजनाबारे निर्णय लिन आइसिसीसँग एक महिनाको समय मागेको थियो ।

बिसिसीआईले बढ्दै गएको कोरोना संक्रमणका कारण विश्वकप भारतमै गर्ने सम्भवना नदेखेपछि आफूमै आयोजना अधिकार रहने गरी युएई र ओमनमा खेल गराउने तयारी गरेको हो ।

सुरुवाती खेल ओमनको मस्कटमा हुने सम्भावना



बिसिसीआई यही समयमा इन्डियन प्रिमियर लिग (आइपिएल)का बाँकी खेल युएईमा गर्ने तयारीमा छ । उसले विश्वकपको सुरुवाती खेल मस्कटको अल इमरात क्रिकेट मैदानमा गर्ने प्रस्ताव गरेको छ ।

नोभेम्बरको पहिलो साता युएईबाट हुन सक्छ 



यदि आइपिएलका बाँकी खेल अक्टोबर १० सम्ममा सम्पन्न भएको खण्डमा युएईका तीनै क्रिकेट मैदान नोभेम्बरको पहिलो साताबाट विश्वकप आयोजना गर्न योग्य हुनेछन् ।

बिसिसिआई आइपिएलका प्ले अफ र फाइनल खेल एकै मैदानमा गर्ने तयारीमा छ, ताकि बाँकी दुई मैदान र ओमनको मस्कटमा सुरुवाती चरणका खेल सञ्चालन गर्न सकियोस् । 

ओमन क्रिकेट बोर्ड तयार 

ओमन क्रिकेट बोर्डका सचिव मधु जेसरानीले आफूलाई आइसिसीले सम्पर्क गरेको र क्रिकेट संघका अध्यक्ष पंकज खिमजीले पनि बिसिसीआईसँग छलफल गरिरहेको बताए ।

‘बिसिसीआईसँग भर्खरै मात्र छलफल सुरु भएको छ । आइसिसीले आयोजना गर्न चाहेको मैदानबारे केही सोधेको थियो र हामीले सम्पूर्ण विवरण बुझाइसकेका छौँ । हामी यसका लागि तयार छौँ,’ जेसरानीले भने ।

  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार १९:३६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया