भिसा समस्याका कारण सन्दीपले गुमाए भाइटालिटी ब्लास्ट

नेपालका स्टार क्रिकेटर सन्दीप लामिछानेले इङ्ग्ल्यान्डमा हुने भाइटालिटी ब्लास्ट टि–२० क्रिकेट गुमाउने भएका छन् । उनले भिसा प्रक्रियामा भएको ढिलाईका कारण प्रतियोगिता गुमाउने भएका हुन् । 

भाइटालिटी ब्लास्ट जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने तालिका रहेको छ । प्रतियोगिताका लागि पुग्नुपर्ने समयमा भिसा नआएपछि सन्दीपले प्रतियोगिता गुमाउने भएका हुन् । 

सन्दीप पहिलो पटक भाइटालिटी ब्लास्टका लागि अनुबन्धित भएका थिए । वोर्सेस्टरशायर र्यापिड्सबाट उनले पहिलो पटक खेल्ने पक्का भएको थियो । 

यसअघि बेलायतको भिसा आउन ढिला भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोश व्यक्त गरेका थिए । 

भाइटालिटी ब्लास्ट खेल्न नपाए पनि सन्दीप अर्को प्रतियोगिता द हन्ड्रेड क्रिकेटका लागि भने इङ्ग्ल्यान्ड जाने भएका छन् ।

सन्दीपले खेल्ने द हन्ड्रेड जुलाई २२ बाट हुने तालिका रहेको छ । सन्दीपले ओभल इन्भिन्सिबलबाट द हन्ड्रेड खेल्नेछन् ।





  • प्रकाशित मिति : जेठ २३, २०७८ आइतबार ७:२४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया