जसपा संसदीय दलको नेतामा मुख्यमन्त्री राउत चयन
फाइल तस्बिर

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतलाई संसदीय दलको नेतामा चयन गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा बसेको बैठकमा संसदीय दलको नेतामा राउतलाई चयन गरिएको स्रोतले जनाएको छ । बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार उपेन्द्र यादव पक्षको संसदीय दलको विधान पारित गर्नुका साथै दलको नेता समेत चयन गरिएको छ ।

महन्त पक्ष २ राज्यमन्त्रीसहित १० मन्त्रालय लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी भएपछि प्रदेश २ मा सत्ता समीकरण हुने चर्चाका बीच अर्का अध्यक्ष यादवले बैठक बोलाएर संसदीय दलको विधान पारित गराएका छन् ।

बैठकमा तत्कालीन समाजवादी पार्टीका ३० जना र राजपाका ६ जना प्रदेशसभा सदस्य गरी ३६ जनासँग सो निर्णयमा हस्ताक्षर गराइएको छ भने अन्य केही प्रदेशसभा सदस्यहरुलाई समेत आफ्नो पक्षमा ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ । ३६ भन्दा बढी प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित आइतबारै प्रदेशसभा सचिवालयमा लालबाबु राउतलाई दलको नेतामा चयन गरिएको जानकारी गराइने बताइएको छ ।

बैठकमा सरकार बचाउने क्रममा अल्पमतमा पर्ने अवस्था आएमा मन्त्रालयहरूलाई फुटाएर संख्या समेत बढाउने तयारी चलिरहेको छ । सामाजिक विकास मन्त्रालय फुटाएर सामाजिक र स्वास्थ्य मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग, वन तथा वातावरण र पर्यटन मन्त्रालय बनाउने तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर भूमि, कृषि र सहकारी मन्त्रालय अलग-अलग बनाउने तयारी भइरहेको बताइएको छ ।





  • प्रकाशित मिति : जेठ २३, २०७८ आइतबार १५:२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया