प्रदेशका नेतालाई बाबुरामको सुझाव : ओलीभक्त बुढा बाघहरु शिकार गर्न उद्यत छन्, नझुक्किऊँ

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रको सिको गर्दै प्रदेशमा पनि ओलीभक्तहरु मन्त्री पद देखाएर लोभी बटुवाको शिकार गर्न उद्यत भइरहेको बताएका छन् । 

भट्टराईले सामाजिक सञ्जालमार्फत केन्द्रमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पद दिएर फकाए जस्तै प्रदेशमा पनि अ‍ोलीभक्त नेताहरु आफ्ना नेतालाई फकाउन लागिपरेको बताएका हुन् । 

भट्टराईले प्रदेशमा पनि ओलीभक्त बुढा बाघहरु हातमा मन्त्री पदको हतियार लिएर लोभी नेताहरुको शिकार गर्न उद्यत रहेको भन्दै केही गरी नझुक्किन आफ्ना नेताहरुमा आग्रह र अनुरोध गरेका छन् । 

पञ्चायतको अन्तिम दिनका वा ज्ञानेन्द्र कालका टीके मन्त्रीको बेहाल सम्झाउँदै भट्टराईले आफ्ना नेताहरुलाई सजग गराएका हुन् । उनले लेखेका छन्, 'खबरदार, नझुक्किऊँ ! भोक लाग्यो भन्दैमा अखाद्य वस्तु खान हुन्न ! विष गुलियोमा मिसाएरै ख्वाइन्छ !'

 





  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार ७:१४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया