मधेश भवनबाट बिदा हुँदै सोनलले भने, ’प्रदेशमै रहेर काम गर्छु’

मुख्यमन्त्री लालबाबु राउतले मन्त्री पदबाट बर्खास्त गरेपछि निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल सोमबार बिहानै मधेश भवनबाट बिदा भएका छन् ।

आफ्नो ३ वर्षे कार्यकालमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै सोनल त्यहाँबाट बाहिरिएका हुन् । 

बिदा हुनुअघि कर्मचारी, बुद्धिजीवी, मुख्यमन्त्री, मन्त्री, सञ्चारकर्मीलगायतका सबै पक्षले आफ्नो काममा गरेको रचनात्मक सहयोगको सोनलले प्रशंसा गरे । सोनल हातमा एउटा सुटकेश बोकेर मोटरसाइकलमा मधेश भवनबाट बाहिरिएका थिए । 

मन्त्री निवासबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सोनलले आफूलाई पार्टीले अन्य जिम्मेवारी नदिएसम्म प्रदेशमै रहेर जनता तथा पार्टीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । 

सोनलले भने, ‘म मन्त्री पदमा नरहे पनि देश, प्रदेश र जनताको विकासमा केन्द्रित भएर काम गरिरहने छु ।’



आइतबार साँझ मुख्यमन्त्री लालबाबु राउतले जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्री जितेन्द्र सोनल सहित राज्यमन्त्रीहरू अभिराम शर्मा, सुरेश मण्डल र डिम्पल झाको कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै पदमुक्त गरेका थिए ।



  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १०:४७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया