सर्वोच्चले भन्यो : निषेधाज्ञामा ई-कमर्स व्यवसायीलाई नरोक्नू

सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा अवधिमा अनलाइन व्यवसायलाई नरोक्न आदेश दिएको छ। 

न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले सोमबार अनलाइन व्यवसाय नरोक्न अन्तरिम आदेश जारी गरेको हो।

‘अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको ई-कमर्सको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मका लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्ने,’ दुई न्यायाधीशको आदेशमा भनिएको छ ।

अहिलेको अवस्थामा संसारभर अनलाइन माध्यमबाट व्यापार व्यवसाय चलिरहेकाले सामाजिक दुरी बढाई संक्रमणको थप जोखिम घटाउनुपर्ने आदेशमा उल्लेख गरिएको छ।

 





  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १९:२०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया