प्रहरी चौकीमा आक्रमण गर्ने ५ जना पक्राउ
फरकधार / २५ जेठ, २०७८

धरान-१५ मा रहेको अस्थायी प्रहरी चौकीमा आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

घटनामा संलग्न तीन जनालाई प्रहरीले  जेठ १८ गते नै पक्राउ गरेकाे थियाे । पक्राउ पर्नेमा २४ वर्षीय बिक्रम राई, २७ वर्षीय सिजन राई र कालु भन्ने २६ वर्षीय सरोज लिम्बु  रहेका छन् । तीन जनालाई धरान-५ देउरालीमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएकाे छ ।

प्रहरीका अनुसार मुख्य आरोपी रेगन र वसन्तलाई पक्राउ गर्न १ नम्बर प्रदेश प्रहरी ब्युरोसँगै मोरङ, तेह्रथुम र धनकुटाको प्रहरीको मद्दत लिइएको थियो ।

दुवै जना धनकुटाको छथर पोखरी ४ बन्चरे एरियामा लुकेर बसेको सुचना पाएपछि धरानबाट प्रहरी निरीक्षक हेमराज ओलीको नेतृत्वमा प्रहरी टोली खोज्न पुगेको थियो ।बन्चरेमा प्रहरीले घेरा हालेर खाेजी गरेपछि उनीहरूले आत्मसर्मपण गरेका थिए ।

उनीहरू विरुद्ध जिल्ला अदालत सुनसरीमा मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ । 

जेठ १३ गते साँझ प्रहरी चौकीमा १० जना युवाहरूको समूहले आक्रमण गरेको थियो । आक्रमणमा परी सोही चौकीका इञ्चार्ज घाइते भएका थिए । 
 

  • प्रकाशित मिति : जेठ २५, २०७८ मंगलबार १६:१:३,   अन्तिम अपडेट : जेठ २५, २०७८ मंगलबार १६:८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया