लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम विपक्षीले गरे बहिष्कार
फरकधार / २५ जेठ, २०७८

लुम्बिनी प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । 

सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रम विपक्षी गठबन्धनले बहिष्कार गरेका छन् । प्रदेशसभा बैठकमा सत्तापक्षका अधिकांश प्रदेश सभा सदस्य उपस्थित छन् । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका भने प्रमुख सचेतक मात्र उपस्थित छन् ।

विपक्षी गठबन्धनले प्रदेशमा नेकपा एमालेको बहुमत नरहेको भन्दै मुख्यमन्त्रीमा शंकर पोखरेल अवैधानिक रहेको बताउँदै आएका छन् । विपक्षीको विरोधका बाबजुद प्रदेश प्रमुख यादवले संविधानको धारा १६८ को उपदफा १ उद्धृत गर्दै पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

विपक्षी गठबन्धन नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा अनुपस्थित भए पनि प्रदेशसभा परिसरमा भने उपस्थित छन् । 

  • प्रकाशित मिति : जेठ २५, २०७८ मंगलबार १७:४०:१३,   अन्तिम अपडेट : जेठ २५, २०७८ मंगलबार १७:४१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया