जापान ओलम्पिकमा २९ शरणार्थी खेलाडी

यसपटकको जापान ओलम्पिक खेलकुदमा शरणार्थी खेलाडीको उल्लेख्य सहभागिता हुने भएको छ । 

जापानको टोकियोमा आयोजना हुने ओलम्पिक खेलकुदमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

टोकियो ओलम्पिकमा विभिन्न १२ खेलमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले जनाएको छ ।

ओलम्पिकको झन्डामुनि रहेर उनीहरुले प्रतिस्पर्धा गर्नेछन् । शरणार्थी खेलाडीहरु सिरिया, इरान, दक्षिण सुडान, अफगानिस्तान र इरिट्रियाका रहेका छन् । 

यसअघि सन् २०१६ मा ब्राजिलमा आयोजना भएको रियो ओलम्पिकमा पनि १० शरणार्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ ।



तर, विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ देखि नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेका छन् ।



  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार ६:५२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया