शिक्षक कर्मचारीलाई खोप लगाउन शिक्षा मन्त्रालयले थाल्यो पहल

शिक्षक तथा विद्यालय कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाउनका लागि शिक्षा मन्त्रालयले पहल थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गर्दै खोप उपलब्ध गराउन आग्रह गरेका हो । 

शिक्षा मन्त्रालयले प्राध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रहसहितको पत्र लेखेको हो । 

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले खोपको व्यवस्था गरिदिन भन्दै स्वास्थ्य मन्त्रालयलाई अनुरोधसहितको पत्र लेख्ने निर्णय गरेको थियो । यसअघि नेपाल शिक्षक महासंघले पनि शिक्षकका लागि खोप उपलब्ध गराउन सरकारसँग माग गरेको थियो ।

सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरिसकेको छ । जनजीवन सामान्य भएमा कक्षाकोठामा अध्यापन गर्नुपर्ने अवस्था हुने हुँदा शिक्षकलाई खोपको प्राथमिकतामा राख्न मन्त्रालयले पहल थालेको हो । 





  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार ८:३२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया