रेकर्ड बनेको २ दिनमै १० हजार मिटर महिला दौडमा फेरि नयाँ विश्व कीर्तिमान कायम भएको छ ।
नेदरल्यान्डको हेन्गेलोमा मंगलबार २९ मिनेट १.०३ सेकेन्डको समय निकाल्दै इथोपियन धाविका लेटसेनबट गिडीले नयाँ विश्व कीर्तिमान बनाएकी हुन् ।
गिडीले २ दिनअघि डच धाविका सफिन हसनले कायम गरेको २९ मिनेट ६.८२ सेकेन्डको कीर्तिमान तोडेकी हुन् ।
हसनले इथोपियन धाविका अलमाज अयानाले सन् २०१६ मा कायम गरेको २९ मिनेट १७.४५ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी थिइन् ।
‘म सँधै विश्व कीर्तिमान कायम गर्ने प्रयासमा हुन्थेँ र २९ मिनेटको समय निकाल्दै १० हजार मिटरमा त्यो पूरा गरे’ २३ वर्षीय गिडीले खेलपछि भनिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।