हटेनन् दुई न्यायाधीश, खतिवडाले भने : चारजना एकै डुंगामा छौँ, हराउने कोसिस नहोस्

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्कीलाई संवैधानिक इजलासबाट नहटाइ प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाइ अघि बढाएका छन्। 

दुई जना न्यायाधीशको विषयलाई लिएर सरकारी वकिलसहितले प्रश्न उठाए पनि उनीहरुलाई नहटाइ आजदेखि बहसले निरन्तरता पाएको हो। बुधबार बिहानबाट सुरु भएको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार गठन भएकै इजलासलाई निरन्तरता दिने बताए।

प्रधानन्यायाधीश जबराले संसद विघटन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विषयमा परेको रिटको सुनुवाइ एकसाथ अघि बढाएका छन्। 

सुनुवाइ अघि बढेपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडाले संवैधानिक इजलासका न्यायाधीशका विषयमा प्रश्न उठाउन नपाइने चेतावनी नै दिए। 

खतिवडाले अस्तिको कुरा आफूहरुले नोटिस गरिरहेको बताउँदै  आधा घण्टामा बहस सक्न पनि वकिलहरूलाई निर्देशन दिए। ‘अबदेखि यो विषय उठ्नु हुँदैन । हामी चारजना न्यायाधीश एउटै डुंगामा सवार छौँ, हराउने कोसिस कतैबाट नहोस्', उनले भने, 'कहिलेकाहीँ उठान गरिएका कुराहरूको मौनताबाट पनि उत्तर आउँछ। अब थप कुरा नउठाउनुस्। विगतका कुराहरु करेक्सन गर्दै अगाडि जानु पनि पर्ने हुन्छ।' 





  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १४:४७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया