भाद्र महिनामा पार्टीको महाधिवेशन गर्न पूर्ण प्रतिबद्ध छु : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू आगामी भाद्र महिनामा पार्टीको महाधिवेशन गर्न पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । 

पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित नबनाउन उनले आग्रह गरेका छन् । 

कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित नभएको उनको भनाइ छ । 

देउवालाई कांग्रेसको संस्थापनइतर समूहले बारम्बार महाधिवेशनका लागि दबाब दिँदै आएको सन्दर्भमा देउवाले विज्ञप्ति निकालेर यस्तो बताएक हुन् । 





  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १७:२५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया