प्रदेश सांसद थापा विरुद्धको भ्याकेट निवेदनमा आज पेसी

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाको तर्फबाट सांसद रहेका कृष्ण थापाको सांसद पद खारेजीको माग गर्दै प्रदेश सभामुखको तर्फबाट आएको भ्याकेट निवेदन आज पेसीमा चढ्ने भएको छ ।

थापाको सांसद पथ थमौतीको विरुद्धमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभा सचिव हरिराज पोखरेल र राष्ट्रिय जनमोर्चा गण्डकीले हालेको भ्याकेट निवेदनको आज पेसी चढ्दैछ । 

यसअघि पार्टीले कारबाही गरेर प्रदेशसभाले पद खाली गराइसकेको अवस्थामा सांसद कृष्ण थापाको पद पुनर्बहाली गर्ने सर्वोच्चको फैसला खारेज हुनुपर्ने भन्दै बुधबार भ्याकेट निवेदन दर्ता भएको थियो । 

सभामुख अधिकारी र प्रदेशसभा सचिव पोखरेलले थापाको पद उनको पार्टीको कागजातसहितको निवेदनबाट खारेज भएको र उक्त कारबाही राजनीतिक दलसम्बन्धी ऐनअनुसार भएको भन्दै संयुक्त निवेदन दिएका हुन् । 

जनमोर्चाले भने सांसद थापाले पार्टीको ह्विप नमानेका कारण नियमअनुसार नै कारबाहीको प्रक्रिया पूरा गरेर प्रदेशसभामा पठाइएको बताएको छ । प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा सांसद थापा पार्टीको निर्णयविपरीत तटस्थ बसेका थिए । 





  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १०:३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया