पाकिस्तानी विदेशमन्त्रीकाे भनाइ, 'कोराना महामारीसँगको लडाईँमा नेपालसँगै छौँ'

पाकिस्तानी विदेशमन्त्री शाह महमोद क्युरेसीले कोरोना महामारीसँगको लडाईँमा पाकिस्तान पनि नेपालसँगै रहेको बताएका छन् । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारसँग भेट गर्दै मन्त्री क्युरेसीले यस्तो बताएका हुन् । 

नेपाली राजदूत अधिकारीले बुधबार विदेशमन्त्री क्युरेसीसँग भेट गरेका थिए । उक्त भेटमा दुई देशबीचको सम्बन्ध र पछिल्लो परिवेशको विषयमा छलफल भएको थियो । 

विदेशमन्त्री क्युरेसीले अहिले नेपालमा कोरोना महामारीले निम्त्याएको अवस्थाका विषयमा आफू जानकार रहेका बताउँदै कोरोनाबाट ज्यान गुमाएका नेपालीहरुमा श्रद्धाञ्जलीसहित परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् । 

विदेशमन्त्री क्युरेसी र राजदूत अधिकारीबीच भेटमा दुई देशबीचको सम्बन्धको महत्वको विषयमा पनि कुराकानी भएको पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । 

विदेशमन्त्री क्युरेसीले नवनियुक्त नेपाली समकक्षी रघुवीर महासेठलाई पनि राजदूत अधिकारीमार्फत बधाई तथा शुभकामना दिएका छन् । मन्त्री क्युरेसीले कोरोना कालमा पाकिस्तानी नागरिकमाथि नेपालले देखाएको व्यवहारको पनि प्रशंसा गरेका छन् । 





  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार ११:११:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया