अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एकको मृत्यु
फरकधार / २७ जेठ, २०७८

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

जिल्लाको भूमिकास्थान नगरपालिका-९ तारिकेका ३० वर्षीय चालक रामबहादुर नेपालीको जिप दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको हो । 

खाद्यान्न बोकी ढिकुराबाट डिभर्नातर्फ गइरहेको लु १ च ६१६८ नम्बरको जिप तारिकेको सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

प्रहरीले तीव्र गतिका कारण जिप दुर्घटनामा परेको हुनसक्ने बताएको छ । 

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार ११:३८:४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया