मन्त्रिपरिषद विस्तार हुँदै, सात मन्त्री तथा एक राज्यमन्त्री थप्ने अ‍ोलीको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् । 

प्रधानमन्त्री ओलीले आज रिक्त रहेका ७ मन्त्रालयमा मन्त्री तथा एक राज्यमन्त्री थप्ने तयारी गरेका नेकपा एमालेका नेता विष्णु रिजालले जानकारी दिएका छन् । 

थपिने मन्त्रीमा कर्णालीबाट पनि प्रतिनिधित्व रहने नेता रिजालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । नयाँ मन्त्रीहरुले आजै दिउँसो ४ बजे सपथ लिने तयारी रहेको उनले बताएका छन् । 

 





  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार ११:५१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया