कर्णाली प्रदेशसभामा भौतिक पूर्वाधारमन्त्री मन्त्रीलाई प्रवेश निषेध !
फरकधार / २७ जेठ, २०७८

कर्णाली प्रदेशसभा बैठक बिहीबारदेखि नियमित सुरु भएको छ । बजेट अधिवेशन सुरु भएको तीन दिनसम्म  प्रदेशसभा अवरुद्ध भएको थियो ।

कीर्ते मुद्दामा अभियोग लागेका भौतिक पूर्वाधार एवं सहरी विकासमन्त्री अम्बरबहादुर थापाको बर्खास्तीको माग राख्दै नेकपा एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको थियो ।

संसदको अवरोध हटाउन सत्तापक्ष र प्रतिपक्षबीच मन्त्री थापालाई संसद् बैठकमा प्रवेश गर्न नदिने सहमति भएको छ । सो सहमतिपछि मात्रै बिहीबारको प्रदेशसभा बैठक सुरु भएको हो । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले दुई बुँदे सहमति गरेको हो । 

सहमतिको पहिलो बुँदामा सरकार पक्ष, र दलहरुबीच मन्त्री थापामाथिको मुद्दा न्यायालयमा विचाराधीन रहेको र यही जेठ ३० मा पेसीसमेत तोकिएको अवस्थामा सो अवधिसम्म मन्त्री थापालाई प्रदेशसभामा उपस्थिति नगराउने उल्लेख छ । 

दोस्रो बुँदामा बैठक नियमित गर्ने सहमति भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १६:१३:३७,   अन्तिम अपडेट : जेठ २७, २०७८ बिहीबार १६:१५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया