गण्डकीमा ५६६ संक्रमित थपिए, १८ जनाको मृत्यु
फरकधार / २७ जेठ, २०७८

गण्डकी प्रदेशमा बिहीबार ५६६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २७८ जना महिला र २८८ जना पुरुष छन् । बिहीबार भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै कास्कीका ११८ जना छन् । 

योसँगै गण्डकीमा कुल संक्रमितको सङ्ख्या ४९ हजार ३८ जना पुगेको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा ८०८ जना संक्रमित निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट बिहीबार १८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८१७ जना पुगेको छ । 

बिहीबार कोरोना संक्रमणबाट मृत्यु हुनेमा कास्कीका सात, बागलुङ र गोरखाका तीन–तीन जना, नवलपरासीपूर्वका दुई र म्याग्दी, तनहुँ र स्याङ्जामा एक–एकजना छन्। 

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १८:३६:२५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया