गुल्मीमा एक पुरुष मृत भेटिए
फरकधार / २७ जेठ, २०७८

गुल्मीमा एक पुरुषको शव फेला परेको छ । 

इस्मा गाउँपालिका–५ का ३० वर्षीय विदुरविक्रम कुँवर बिहीबार बिहान मृतावस्थामा भेटिएका हुन् ।

कुँवर घरदेखि करिब तीन सय मिटरनजिको राँगाको पाइले भन्ने भिरमुनि फेला परेका हुन् । 

उनको भिरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । इस्मा प्रहरी चौकीले थप अनुसन्धान गर्दै छ । 
 

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १८:४५:५२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया