मन्त्रिपरिषद् बैठकमा सहभागी हुन मन्त्रीहरुलाई भ्याईनभ्याई (फोटो फिचर)
फरकधार / २७ जेठ, २०७८
बैठकका लागि प्रस्थान गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल । फोटो : फरकधार

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषद बैठक बसेको छ । 

नवनियुक्त मन्त्रीहरुले कार्यभार सम्हालेसँगै मन्त्रिपरिषद बैठक बसेको हो । 

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ, उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतो, गृहमन्त्री खगराज अधिकारी, सञ्चारमन्त्री नैनकला थापा, कानुनमन्त्री लीलानाथ श्रेष्ठ, भौतिकमन्त्री वसन्त नेम्वाङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री लक्ष्मणलाल कर्ण, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलप्रसाद श्रीवास्तव, ऊर्जामन्त्री शरतसिंह भण्डारी, उद्योगमन्त्री राजकिशोर यादव, खानेपानी मन्त्री अनिलकुमार झा, सामान्य मन्त्री गणेशकुमार पहाडी, पर्यटनमन्त्री उमाशंकर अरगरिया, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कृषिमन्त्री ज्वालाकुमारी शाह, वन राज्यमन्त्री आशा वि क, महिला राज्यमन्त्री रेणुका गुरूङ, मुख्यसचिव शंकरदाश वैरागी लगायतको उपस्थिति थियो । 

मन्त्रिपरिषद बैठकमा सहभागी हुन जाँदै मन्त्रीहरु 

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार २१:२६:१७,   अन्तिम अपडेट : जेठ २७, २०७८ बिहीबार २१:३२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया