गण्डकीमा राजनीतिक दोहोरी : मुख्यमन्त्री बर्खास्त गर्ने, मन्त्री राजीनामा दिने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजिव गुरुङलाई मन्त्री पदबाट बर्खास्त गरेका छन् । प्रदेश प्रमुखलाई पत्र लेख्दै मुख्यमन्त्री गुरुङले मन्त्री गुरुङलाई पदबाट हटाएको जानकारी गराएका छन् । 

खाली भएको मन्त्रालय आफैँ सम्हाल्ने जानकारीसहित मन्त्री गुरुङलाई पदमुक्त गरेको विषयमा मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुखलाई पत्राचार गरेका हुन् । प्रदेशसभामा विश्वासको मत दिन अनुपस्थित भएपछि मन्त्री गुरुङ बर्खास्तीमा परेका हुन् ।

विश्वासको मत लिने अन्तिम समयमा आएर सरकारमा रहेका मन्त्री गुरुङले विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरेका थिए । सोही कारण उनी विश्वासको मत दिनका लागि अनुपस्थित भएका थिए । 

मन्त्री पदबाट बर्खास्तीमा परेका गुरुङले भने आफूले राजीनामा दिएको बताएका छन् । प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा परेसँगै उनले राजीनामा दिएको बताएका छन् । 



मुख्यमन्त्रीको नाममा मन्त्री गुरुङले लेखेको राजीनामा पत्रमा विश्वासको प्रस्ताव अस्वीकृत भई मुख्यमन्त्री पदमुक्त भइसकेपछि आफू पदमा बसिरहनु उचित नठानेको उल्लेख गरेका छन् ।



  • प्रकाशित मिति : जेठ २८, २०७८ शुक्रबार ७:३९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया