भारतीय को-भ्याक्सिनलाई अमेरिकाले दिएन प्रयोग अनुमति

भारतीय कोरोना भ्याक्सिन 'कोभ्याक्सिन'लाई आपतकालीन प्रयोगको अनुमति दिन अमेरिकाले इन्कार गरेको छ। अमेरिकाको यो निर्णयलाई लिएर भारतीय नीति आयोगका स्वास्थ्य सदस्य डाक्टर विके पलले यस निर्णयको सम्मान गर्ने बताएका छन्। 

'हरेक देशको आफ्नो आफ्नो नियामक प्रणाली हुन्छ', उनले भने, 'जहाँ केही वस्तु अर्कोसँग मिल्दाजुल्दा हुन सक्छन्, जबकि कुनै वस्तु अलग अलग पनि हुन्छन्।'

अमेरिकाको खाद्य तथा औषधि प्रशासनले अनुमति नदिने निर्णयबारे डाक्टर पलले भने, 'वैज्ञानिक ढाँचा एउटै हो तर यसको सुक्ष्म अन्तर सन्दर्भ अनुसार हुन्छ।'

उनले अमेरिकामा वैज्ञानिक प्रणाली बलियो भए पनि आफूहरुको खोप पनि मजबुत रहेको बताए। तर अमेरिकाको निर्णयको आफूहरुले सम्मान गर्ने उनको तर्क  थियो।

एफडीएले अक्युजनले कोभ्याक्सिनको आपतकालीन प्रयोग अनुमतिका लागि दिइएको अपीललाई खारेज गरिदिएको छ। अक्युजन भारत बायोटेकको अमेरिकामा साझेदार छ। उसले १० जुनमा यसको प्रयोगका लागि अनुमति मागेको थियो।

उनले कोभिशिल्ड भ्याक्सिनको दोस्रो डोजको अन्तरलाई लिएर डाक्टर नआत्तिन आग्रह गरेका छन्। 'यी सबै निर्णय धेरै सावधानीका साथ लिनुपर्ने जरूरी छ', उनले  भने, 'हामीलाई मानिसहरुको स्वास्थ्यको चिन्ता छ। एक डोज मात्रै खोप लिएकाहरुबारे हामी गम्भीर छौँ।'





  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार ९:३४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया